Wednesday, June 19, 2013

Get Adobe Flash player

Community News

Minimize
 

सयुक्त राष्ट्र संघको जलबायु परिवर्तन सम्मेलन

बिजय हितान मगर

जलबायु परिवर्तन् सम्बन्धी सम्मेलन २९ नोभेम्बर देखि ९ डिसेम्बर २०११ मा दछिण अफ्रिकाको दरबान सहरमा सम्पन्न भएको छ । सयुक्त राष्ट्र संघले बर्सेनी आयोजना गर्ने यस सम्मेलनको मुख्य उद्देस्य मानविय कारणहरूले गर्दा बढदै गरेको पृथ्वीको तापक्रम कसरी घटाउने भन्ने रहेको थियो ।  पृथ्वीको तापक्रम बढदै गएको र यसको नकरात्मक असरले भबिस्यमा मानव सभ्यतानै खतरामा पर्ने सम्भावना देखिएको बैग्यानिकहरू बताउँछन । औधोगिक क्रान्तिपछी हरित ग्रिह्य ग्यास ( कार्बनडाइ- अक्साइड, मिथेन, र नाइट्रस-अक्साइड)  प्रदुसणले पृथ्वीको तापक्रम आजसम्म १ डिग्रीले बढेको र अब २ डिग्री नाघेमा अ-परिवर्तनिय असर पर्न सक्ने आसंका देखिएको छ । तापक्रम बढने गति हिंज आज जस्तै रहे, सन २०२० सम्ममा पृथ्वीको तापक्रम २ डिग्रीले नाघ्ने बैग्यानिकहरूले अनुमान गरेपछी यसलाई त्यतिबेलासम्ममा कसरी घटाउन सकिन्छ भन्ने बिषयमा गहन छलफल चलेको थियो ।

 

दरबान सम्मेलनले सन २०१५ सम्ममा हरित ग्रिह्य ग्यास नियन्तरणमा अन्तरराष्ट्रिय नियम बनाइसक्ने र सन २०२० सम्ममा लागु गर्ने निर्णय गरेको छ । क्योटो पोर्टोकलको म्याद सन २०१२ मा सिद्धिने र यसको समापनको संघारमा आएर गरिएको यस महत्वपुर्ण निर्णय दर्बान सम्मेलनको ठुलो उपलब्धि रेहेको पर्यवेछकले ठानेका छन् ।  यस कार्यक्रमका सहभागी राष्ट्रहरू तीन तीर ध्रुबिकरण भएको देखिएको थीयो ।  निर्णयमा पुग्नु अगाडी बिकसित रास्ट्रहरू- अमेरिका र युरोप; बिकाससिल राष्ट्रहरू- चाइना, इन्डिया, र ब्राजिल; र अबिकसित राष्ट्रहरू- अफ्रिकी मुलुक, बङ्लदेस र नेपाल आ आफ्नै मान्यतामा अडिग देखिएका थिए । चाइना र इन्डिया जस्ता द्रुत गतिमा आर्थिक बिकासमा लम्केका देशहरूले पनि कार्बनडाइ-अक्साइड कटौतिमा सर्बमान्य नियम बनाएर तुरुन्तै लागु गर्नुपर्ने बिकसित राष्ट्रहरूको धारणा थियो । अर्कोतिर अमेरिका र युरोपले कार्बनडाइ-अक्साइडको ऐतिहासिक ब्रिदिमा जिम्मेवारी लिन पर्ने चाइना र इन्डियाको भनाइ थियो । उता अबिकसित रास्ट्रहरूको भनाइ भने जलबायु परिवर्तनको प्रतछ्य अप्रत्छ्य मार आफूले सहनु परेकोमा छतिपुर्ती दीइनु पर्ने माग थियो । अबिकसित राष्ट्रहरूको मागलाई ध्यानमा राख्दै हरित बैँक खडा गरि बर्सेनी १०० बिलियन डलर बराबरको राहत पुर्‍याइने निर्णय पनि सम्मेलनले पास गरेको थियो ।

 

स्मरण रहोस कतै अती ब्रिस्टी भई जमिन डुबान त कतै सुख्खा परि भोकमरी पर्ने, सामुन्द्रिक आँधी बेहरी आउने, कतै कठङ्रिने जाडो त कतै आगोको भुम्रो जस्तो गर्मि हुने, हिमाल तथा उत्तरी र दक्षिणी ध्रुबहरू पग्लिएर समुन्द्रको सतह बढि तटवर्तिय भु-भागहरू डुबानमा पर्ने इत्यादी जस्ता प्राक्रितिक प्रकोपहरू जलबायु परिवर्तनका असरहरू हुन ।       





No Comments


You need to register to comment.
Copyright 2011 by Gurkhas.com