Created 116 days ago
by
Admin
Like: 0
- Currently 0.00/5 Stars.
- 1
- 2
- 3
- 4
- 5
Tags:
Categories:
Community News
Views: 604
Print
Around summer last year, we had received the following update from Mr. Hari Gurung, highlighting the endeavours of Char Bhanjyang Samaj UK to help develop their village back home through establishment of vital resources unavailable in remote parts of Nepal.
चार भन्ज्यांग तमु समाजलाइ स्विन्फेन ट्रस्टको १० हजार पाउन्ड
“चार भन्ज्यांग क्षेत्र विकास योजना र Swinfen Charitable Trust का बीच शुरुआत भएको आत्मीय सम्बन्धलाई परिमार्जित गर्दै यसलाई अझ शसक्तरुपमा अगाडी बढाउदै जाने क्रममा हाम्रो घनिष्ठता झनै नजिक पुगी सकेको अनुभूति प्रतिबिम्बित भै सकेको छ भन्न मा शायद भूल नहोला.यस सम्बन्ध को सुनौलो थालनी हाम्रा समाज का अधक्ष श्री ले. चन्द्र बहदुर गुरुंगको London Marathon (दौड ) को सहभागिता बाट भएको थियो ”.
Swinfen Trust का लागि चार भन्ज्यांग तमु समाज UK का अध्यक्ष श्री ले. चन्द्र बहादुर गुरुङ लरतरो आत्मबल र शारीरिक क्षमताले आटन र सम्पन्न गर्न असंभव प्राय लन्डन म्यराथोंन दौड निकै प्रशंशा योग्य समयमा पुरा गर्नु भयो त्यो पनि ५० का हाराहारीमा हिड्दै गरेका उमेरमा. यो वहाँको व्यक्तिगत रुपमा कुनै फाईदा हुने वा गर्ने चाहना ले गरेको नभई निस्वार्थ भावनाले आफु जन्मे हुर्केको गाउँ ठाउं भिर पहराको मायाले यसको उत्थान कोलागी केही गरौँ र मातृभूमिको ऋण तिरौं भन्ने उत्कट इच्छाले अभिप्रेरित भएर एक लक्ष्यमा अगाडी बढ्नु भएको हो . यसरी आफ्नो शारीरिक बलले भन्दा मानसिक इक्षाशक्तिले आफ्नो शरीरलाई अनेकौं कठिनाइका बाबजूद ४२ किलोमीटर घिसारेर Swinfen Trust को लागि £७००० भन्दा बढी संकलन गर्न सफल हुनु भएको थियो. Swinfen Chartable Trust को बारेमा भन्नुपर्दा यो एउटा यस्तो समाजसेवी सस्थां हो जसले संसारभरका ६४ देशका २१४ Telemedicine Clinic द्वारा दुर्गम स्थानमा प्राप्त हुन नसक्ने औषधोपचार र विशेष परामर्शको लागि विभिन्न विकसित देशका ४८० भन्दा बढी विशेषज्ञहरुलाई इन्टरनेटको माध्यम द्वारा सम्पर्क गरिदिन्छ. अनि रोग निर्मूल नभएसम्म सहयोग गरि रहन्छ. यस संस्थाका संस्थापक र संरक्षक हुनुहुन्छ Lord Roger Mynors Swinfen Eady , Third Baron Swinfen र Lady Pat Swinfen MBE . वहाँहरुले यो पूण्यको काम सन् १९८३ देखि अनवरत रुपमा गर्दै आउनु भएको छ. यसरी मन वचन र कर्मले दीन दुखियाहरुको सेवा गर्ने क्रममा वहाँहरुले चारभंज्यांग तमु समाजमा Telemedicine Clinic भवन निर्माणको लागि £१० हजार प्रदान गर्नु भएको छ. यसका साथै वहाँहरुले भविष्यमा आवश्यकता पर्ने अन्य प्राविधिक र चिकित्सकीय उपकरणमा पनि सहयोग पुरयाउने आश्र्वसन दिनु भएको छ. यसका लागी चारभंज्यंग तमुसमाज वहाँहरु लाई हार्दिक आभार ब्यक्त गर्दछ. यो आयोजनाका लागी गत जनवरी १५ मा चारभंज्यंग तमु समाजले एउटा रात्री भोजको आयोजना गरि केही रकम संकलन गरेको छ. यसका साथै यो कार्यलाई मूर्त रुप दिन नेपालमा भू. पू. क्याप्टेन श्री देउ बहादुर गुरुङ र भू .पू. आर. एस. एम.( WO1) श्री कुल बहादुर गुरुंग र यहाँ बेलायतमा अध्यक्ष ले. चन्द्र बहादुर गुरुङ र सचिव श्री हरि गुरंग संयोजकको रुपमा कटिबद्ध हुनुहुन्छ.
अहिले सम्ममा Telemedicene clinic को लागी ठानामौला खाल्टेमा समाजसेवी श्री टेक बहादुर गुरुङ बाट पुर्ख्यौली घर तथा ७ रोपनी जग्गा प्रदान भएको छ, भने तीन जनाले तानसेन हस्पिटलमा गएर telemedicine link सम्बन्धि तालिम लिइ सकेका छन्. यो स्वास्थ्य केन्द्र को स्थापना पश्चात पर्बत जिल्ला अन्तर्गत ठानामौला, भंगारा, फलामखानी, कुर्घा र लिमिठाना आदि गाउँ विकास समिति का बिरामी हरुले वार्षिक हजारौं का दरले प्रत्यक्ष लाभ पाउनेमा संयोजक समिति र दाता संस्था विश्र्वस्त छन्.
हरि गुरुङ
सचिव
चार भन्ज्यांग तमु समाज यु.के.
We are glad to learn that the £10,000 gratefully received from Swinfen Trust and donations from other supporters to enable Char Bhanjyang village to have its own established telemedicine clinic has been put to good use. Here we have pictures of the recent get-together for general updates between Char Bhanjyang Tamu Samaj UK, guests and their kind, generous and supportive British friends.
For the rest of us Nepalese community members in UK, this exemplary initiative can serve as a wonderful inspiration and reminder in terms of how small steps can lead to bigger leaps and through combined efforts, can help transform key services -and save lives- back in our remote villages in Nepal.
All pictures are courtesy of Mr. Milan Tamu
1 Comments
Add Comment