Friday, May 18, 2012

Get Adobe Flash player

Community News

Minimize
 
नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक श्री नरेश गुरुङ गाउँलेहरुसंगको भेटघाटमा

बेलायतको निजि भ्रमणमा रहनुभएका नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक ‘एआईजी’ श्री नरेश गुरुङको सम्मानमा अर्मला समाज यूकेले २८ जनवरीमा फार्नवोरोमा एक रात्रीभोजको आयोजना गरेको छ । वहाँको जन्मस्थलो कास्की जिल्लाको अर्मला गा.वि.स. अन्तर्गतका बेलायतवासी नेपालीहरुले वहाँलाई खादा लगाई भव्य स्वागत गरेका थिए । समाजका अध्यक्ष श्री जुमकाजी गुरुङले एआईजी श्री नरेश गुरुङलाई स्वागत गर्दै वहाँले नेपाल प्रहरीको नेतृत्वदायी तहमा पुग्न सफल भई राष्ट्रको सेवा गर्ने अवसर प्राप्त गर्नुभएकोमा बधाई ज्ञापन गर्नुभयो । समाजका सचिव श्री सुर्य गुरुङले एआईजी श्री नरेश गुरुङको व्यक्तिगत जिवनी तथा वहाँले प्राप्त गर्नुभएको प्रगतिको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा समाजका सल्लाहकार तथा एनआरएन यूकेका पुर्व कोअर्डिनेटर भक्त गुरुङले अर्मला समाजको बारेमा संक्षिप्त उल्लेख गर्दै समाजका सम्पूर्ण सदस्यहरुको परिचय गराउनुभएको थियो । वहाँले राष्ट्रले वहाँमाथि दिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई मन, बचन र कर्मले निर्वाह गर्नुभएकोमा खुसी व्यक्त गर्दै वहाँले प्राप्त गर्नुभएको सफलताले हामी अर्मलावासीहरुलाई गौरव लागेको कुरा बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी श्री गुरुङले आफ्ना गाउँले दाज्यूभाई, दिदीबहिनी र इष्टमित्रहरुलाई एकै ठाउँमा भेट्ने अवसर जुटाईदिएकोमा आयोजक समाजलाई धन्यवाद दिनुभयो । वहाँले आफ्नो सम्बोधनको क्रममा हामी बिदेशमा रहँदा आफ्नो देशप्रतिको दायित्व नबिर्सन सबैलाई अनुरोध गर्नुभयो । वहाँले हामी बिदेशमा बस्दा व्यक्तिगत नभई नेपाल राष्ट्र कै परिचय बोकी हिंड्ने भएको हुँदा राष्ट्रको ईज्जत र प्रतिष्ठालाई उँचो बनाउने काममा तल्लिन भई लाग्न सबैलाई सल्लाह दिनुभयो । कार्यक्रममा वहाँका धर्मपत्नी श्रीमती मिना गुरुङ, छोरी र ज्वाई डा. पंकज गुरुङलाई पनि सम्मान गरिएको थियो । 

भक्त गुरुङ
फार्नवोरो

 


BELOW are pictures of Tamudhee UK Members Welcoming the Respected Nepal Assistant Inspector General of Police Naresh Gurung and his wife at Aldershot (Pictures are courtesy of  Mr. Milan Tamu)





No Comments


Add Comment


(required)


CAPTCHA image
Enter the code shown above in the box below
  Post Comment
 
Copyright 2011 by Gurkhas.com