Friday, May 18, 2012

Get Adobe Flash player

Community News

Minimize
 

Martyr Lakhan Thapa Magar: A Brief Introduction, by Mr. Bijay Hitan

Created 102 days ago
by Admin

Like: 0

  • Currently 0.00/5 Stars.
  • 1
  • 2
  • 3
  • 4
  • 5


Tags:
Categories: categoryCommunity News
Views: 203
Print




एक सन्छिप्त परिचय सहिद लखन थापा मगरको

 

बिजय हितान

 

लखन थापा मगर को थिए

 

लखन थापा मगरलाई तत्कालिन सासक जङबहादुर राणाद्वारा सन १८७७ फेब्रुअरी १८ मा झुन्डाएर मारियको थियो । नेपालिलाई निरङ्कुस सासनको पन्जाबाट स्वातन्त्र गराउने जन आन्दोलनमा लागे बापत देशद्रोहीको मुद्दामा यस्तो सँजाए दीइएको थियो । यस्ता नेपाल आमाका पहिला जनयोद्दा गोरखा बुङकोटको काउले गाउँमा सन १८३४ मा जन्मेका थिए । उनका बाबु भारतीय सेनामा हुनाले ४/५ बर्षको उमेरमा भारतको लखनौ गइ बाल्यकालको सिच्छ्या हाँसिल गरे । सन १८५४ मा नेपाल फर्की नेपालि सेनाको मगर पल्टन पुरानो गोरख गणमा भर्ती भए ।   

 

 

 

 

                         

 

जन आन्दोलनको प्रेरणाको स्रोत

सैन्य कुसलतामा निपुर्ण भएकाले भर्ती भएको १४ बर्षमै केप्टेन दर्जामा पदोन्नती हुन्छन् । भारतमा आधिपत्य जमाएको ब्रिटिश साम्राज्यबादलाई निरन्तरता दिने र आफ्नो  सरकारलाई ब्रिटिशको पन्जाबाट जोगाइराख्ने निति त्यति बेलाको नेपाल सरकारको थियो। त्यसैले स्वएंम जङबहादुरको नेर्तुत्वमा लखनौमा सिपाही बिद्रोह दबाउन ठुलो नेपालि फौज गएको थियो जसमा कप्तान लखन थापा मगर पनि पुरानो गोरख गणलाई नेत्रुत्व गर्दै लडाईंमा गएका थिए । तर लखनलाई त्यतिबेला आफ्नै छिमेकी रास्ट्रका जनतालाई बन्दुकको गोलीले हत्या गरेको प्याटै मन न परेको हुन सक्छ । उनी त्यतिबेला भारतमा चलेको स्वातन्त्र आन्दोलनबाट अतिनै प्रभाबित भएको हुनुपर्छ । तर एक सिच्छित अनि सचेत युवकलाई न त नेपालि सेनामा बिधमान नाताबाद क्रिपाबाद नै मन पर्‍यो होला न त सोझा साझा नेपालि जनताप्रती सरकारले गरेको सोशण नै । त्यसकारण सेनाको एसपुर्ण जिवनलाई सन १८७० मा त्यागेर आफ्नो पदबाट राजिनामा दीइ गोरखामा गएर जनसमुदाय बटुलेर निरङ्कुस राणासासनको बिरुद्द लडेर देशलाई मुक्तिको बाटोतिर लग्ने प्रणय गर्दछन् । राणा सरकारको बारेमा कोही चुइक्क बोल्न नसक्ने अवस्थामा उनले गोरखामा तीन हजार फौज तैनाथ गरि जङबहादुरलाई चुनौती दिन्छन् । साथै राणा सरकारको बिरुद्दमा जनचेतना अभियानमा जुट्छन ।

         

जनस्रुती

भनिन्छ लखन एक सैनिक कमान्डर, साहसी सहिद मात्रै थिएनन एक सिद्द पनि थिए । अझैपनी सुन्न पाईन्छ उनी गोरखाका राजा राम साह का सिद्द गुरु लखन थापा मगर प्रथमका पुनरजन्म थिए । राम साहका पत्नी लिलावती जो देबिकी रुप थीइन, सति जाने बेलामा सिद्द लखनलाई भनेकी थिएन रे 'म मरेर मनकामना भई जन्म लिनेछु र तिमी त्यहि मेरो पुजारी भएर जन्मने छौ' । जङबहादुरको मृत्‍यु कसरी र कहीले भयो भनि नेपालि इतिहासमा नखुलेको बेला भनिन्छ लखन र जङबहादुरको मृत्‍यु एकै समयमा भएको थियो । जब लखन थापालाई मार्ने समाचार सुने पछि जङबहादुरकी एक श्रीमतीले सपनामा 'यदी लखनलाई मार्ने हो भने तेरो लोग्ने पनि एक हप्तामा मर्नेछ ' भनेको देखे पछि जङबहादुर स्वंएम गोरखा गएका थिए रे आफैले मार्न पठाएका सैनिकलाई न मार भन्न । तर उनी गोरखा पुग्दा उनका सैनिकले लखनलाई झून्डाइसकेका र बाटोमा फर्कदा सेतो बाघले टोकेर जङबहादुरको मृत्‍यु भएको जन स्रुती छ ।

 

के भैरहेछ सहिद लखनको बारेमा

जनताको लामो संघर्स र मागपछी सरकारले बिक्रम सम्बत २०५८ मा लखनलाई नेपालको सहिद घोषणा गरेको छ । तर उनलाई नेपालको पहिलो सहिद घोषणा गरेर अरु चार सहिद धर्मभक्त, गङालाल, दसरथ र सुक्रराजलाई जस्तै मान्यता दीइनु पर्छ भन्ने जन चाहनालाई अहिलेको सरकारले लत्याउँदै आएको छ । तर अमर सहिदलाई भगवान् सरह पुज्ने नेपालि जनताले आफनै तरिकाले सहिद लखनलाई स्रदान्जली दिंदै आइरहेका छन् । तदनुसार बूट्वल, पोखरा र उनकै गाउँ बुङ्कोटमा सालिक निर्माण गरेका छन् । नेपालमा उनको नाममा लखन थापा प्रतिस्ठान खोलिएको छ जसले उनको बारेमा अझै बढी खोज कार्य गर्दैछ । त्यसैगरी नेपाल अनि सँसारैभरी उनको स्मिर्तिदिवस हरेक नेपालि संगठनहरूले मनाउंदै आएका छन् । तदनुसार लन्डनमा पनि सनिबार फेब्रुअरी ११ को दिन साहितिक अनि साँस्कृतिक कार्यक्रमको साथ १३५ औं स्मिर्तिदिवस मनाइदै छ आफू जलेर अरुलाई प्रकास दिने नेपालको पहिलो सहिद लखन थापा मगरको ।      





1 Comments


  • Bishwaraj 99 days ago
    0 Likes
    Good collection- thanks for sharing-

    Reply

Add Comment


(required)


CAPTCHA image
Enter the code shown above in the box below
  Post Comment
 
Copyright 2011 by Gurkhas.com