Friday, May 18, 2012

Get Adobe Flash player

Community News

Minimize
 

Chhathar Festival to Get Financial Support from Nepalese Based in Brunei (News Source: Biswadip Tigela)

Created 101 days ago
by Admin

Like: 0

  • Currently 0.00/5 Stars.
  • 1
  • 2
  • 3
  • 4
  • 5


Tags:
Categories: categoryCommunity News
Views: 208
Print


छथर महोत्सवलाई ब्रुनाईबाट सहयोग हुने
 
ब्रुनाई, ३० जनवरी २०१२, छथरको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तेह्रथुम ओख्रेको ताकलुङ यकमा आगामी फागुन १, २ र ३ गते सम्पन्न हुन गई रहेको त्रिदिवसिय महोत्सवलाई ब्रुनाईबाट पनि सहयोग हुने भएको छ ।
 
क्याप्टेन काजीमान कुरुम्भङ एम सि को संयोजकत्व रहेको कमिटीको कोषाध्यक्ष ज्ञानेन्द्र केबुकहाँङ र सम्पर्क सचिव विश्वास दीप तिगेला रहेका छन् भने ११ जना सदस्य रहेका छन् । आफ्नो भूमिमा पहिलो पटक सम्पन्न हुनगईरहेको अवसरमा ब्रुनाईका छथरेहरु जुर्मुराएका हुन ।
 
गत ५ पुस २०६८ का दिन धनकुटा सिधुवामा सम्पन्न एक भेलाले ऐतिहासिक छथर महोत्सव गर्ने निर्णय गरेको थियो । धनकुटा र तेह्रथुम जिल्लामा पर्ने विभिन्न १९ गाँउ विकास समितिका प्रतिनिधित्व हुने गरि टेकराज लिम्बु अध्यक्ष र उपाध्यक्ष थिरेन्द्र खजुम र सचिव कमल तिगेला गरि ४१ सदसिय महोत्सव आयोजक समिति निर्माण भएको छ । यसबर्ष ताकलुक यकमा र आगामी बर्षहरुमा क्रमशः पंचकन्या, चाङसीङघारीमा महोत्सव गर्ने जनाईएको छ ।
 
छथर इलाका भित्र तेह्रथुमका ९ गाविसहरु –सुदाप, ओख्रे, पंचकन्या, फाक्चामारा, दाँगपा, फूल्लेक, बसन्तपुर, हमरजुङ, आङदिम र धनकुटाका १० गाविसहरु – हात्तिखर्क, मूर्तिढुङ्गा, जितपुर, मारेककटहरे, घोर्लिखर्क सान्ने, ताङखुवा, परिवादिन, तेलिया, लेगुवा पर्दछन् ।

महोत्सव सफल बनाउनको लागि देशविदेशमा रहनु भएका सम्पूर्ण छथरवासी तथा गैर छथरवासीहरुलाई अनुरोध गरिएको छ । थप सोधपुछ, सल्लाह, सुझाव तथा सहयोगको लागि फोन न 9851024070  सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।
 
सहयोगीहरुबाट प्राप्त सहयोग रकम र नामावली महोत्सव स्मारिकामा प्रकाशित हुनेकुरा जनाइएको छ । 





2 Comments


  • ऐन सिंह 92 days ago
    0 Likes
    नमस्कार बिश्व राज....? जी कुनै पनि कुराको टिप्पणी गर्नु अगाड़ी स्थलगत इतिहास अध्ययन गर्नु राम्रो हो छथर इलाका लिम्बूवान कहाँ कता पर्छ? इतिहास अध्ययन गर्नु वा लिम्बू मित्रहरु लाई सोध्नु होला अनि स्पस्ट हुने छ/धन्यवाद!!!

    Reply
  • Bishwaraj 98 days ago
    0 Likes
    PANTHAR TA HO- A FAMOUS DISTRICT- LA BA BA CHHA THAR RE - TEHA DEKHI UTAKO - SAAT THAR- AATH THAR CHAHI KATA KATA PARCHHA HOLA .. !! RAMRO BICHAR - RAMRO BICHAR KO LAGI- SAFALTA KO KAMANA-

    Reply

Add Comment


(required)


CAPTCHA image
Enter the code shown above in the box below
  Post Comment
 
Copyright 2011 by Gurkhas.com