Created 89 days ago
by
Admin
Like: 0
- Currently 0.00/5 Stars.
- 1
- 2
- 3
- 4
- 5
Tags:
Categories:
Community News
Views: 339
Print
नेपाली राजदुत डा शुरेश चन्द्र चालिशे द्वारा फल्क्स्टोन समाजलाई बेन्च प्रदान
फोक्सटन, गत शनिवार फेब्रुअरी ११ तारिख को दिन एक बिसेष कार्यक्रम को बीच स्थानीय चेरिटन पार्क मा एक बेन्च को अनावरण गरियो । सो कार्यक्रम बेलायत का लागि नेपालका राजदूत महामहिम डा. सुरेशचन्द्र चालिशे अनि फोक्सटन सहर का मेयर, काउन्सिलर सुजन वालेश को प्रमुख आतिथ्य मा संचालन गरिएको थियो । कार्यक्रम को शुरु मा फोक्सटन नेपाली समाज का अध्यक्ष मेजर हर्कराज राई एम.भी.ओ. ले स्वागत मन्तब्य प्रस्तुत गर्नाको साथै अतिथिहरुलाई दुइ कन्य केटीहरु द्वारा खादा ओडाइ स्वागत गरी कार्यक्रम को सिलसिला को बारेमा प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथिद्वय बाट दिप प्रज्वल्लन गरिए पश्चात कार्यक्रम शुरु भयो । स्वागत मन्तब्य को क्रम मा मेजर राई ले महामहिम राजदुत यस अघि एक बेग्लै कार्यक्रम मा भाग लिन फोक्सटन आउनुहुँदा निर्माणाधीन चेरिटन पार्क को भ्रमण गराउदा वहाँले नेपाली राजदुतावास को तर्फ बाट एक बेन्च प्रदान गर्ने मनसुवा ब्यक्त गर्नुभएको र त्यसैको एक परिमार्जित रुप आजको कार्यक्रम भएको कुरा प्रस्ट पार्नुभयो। तत्पश्तात राजदूत महोदय ले फोक्सटन नेपाली समाज को झन्डा उठाउनु भै बेन्च को आधिकारिक रुपमा अनावरण गर्नु भयो । कार्यक्रम मा फोक्सटन का अन्य काउन्सिलरहरु को अतिरिक्त उल्लेख्य रुप मा नेपाली समाजका गन्य मान्य व्यक्तिहरु को पनि उपस्थिति थियो ।
कार्यक्रम को दोस्रो चरण मा हालसालै विभिन्न बिश्वबिध्यालयहरु बाट स्नातक तह उतिर्ण गरेका निम्नलिखित आठ जना नेपाली समाजका बिद्यार्थीहरु लाई प्रमुख अतिथिद्वय को बाहुलीबाट बधाईपत्र अनि खादा प्रदान गरियो।
|
बिद्यार्थीको नाम
|
अभिभाबक को नाम
|
|
श्री आशुतोष राई
|
श्री युबराज राई
|
|
श्री अभिनवधोज खड्का
|
श्री बिनोदधोज खड्का
|
|
सुश्री एलिना गुरुङ
|
श्री जुमकाजी गुरुङ
|
|
डा. शुभाङ्गिनी राई
|
मेजर हर्कराज राई एम.भी.ओ.
|
|
सुश्री एलिसा श्रेष्ठ
|
श्री सुरेश श्रेष्ठ
|
|
सुश्री दिवा रोका
|
श्री हिक्मतसिङ रोका
|
|
सुश्री रेखा घर्ति मगर
|
श्री घमानसिङ घर्ति मगर
|
|
सुश्री प्रीति लिम्बु
|
लेफ्टिनेन्ट विजय लिम्बु एम.बि.ई.
|
यसअघी फोक्सटन नेपाली समाज का अध्यक्ष मेजर राई ले यस बधाई समारोह को प्रमुख उद्देश्य भावी सन्तति लाइ बिश्वबिध्यालय सम्म को मार्ग तय गर्न प्रोत्साहित गर्ने रहेको प्रस्ट पार्नु भयो ।
प्रमुख अतिथि को तर्फ बाट आफ्नो मन्तब्य राख्नु हुँदै महामहिम डा. सुरेशचन्द्र चालिसे ज्यु ले बेलायत र नेपाल को सम्बन्ध एकदम लामो भएको र गोर्खाली हरु ले गरेको बलिदान ले यो अझै प्रगाढ भएको कुरा औल्याउनु भयो। स्थानीय समाजहरु लाइ बेन्च प्रदान गर्नु एक सामान्य कुरा मात्र भएको, तर दुइ देशका जनताहरु बीच रहेको मित्रता र हार्दिक सौहार्दता महत्त्वपूर्ण भएको कुरा प्रस्ट पार्नु भयो। उहाँले उपस्थित जनसमुदाय लाइ नेपालीहरु को बेलायत मा हालसाल को बसाईं सराइ अन्य समुदाय को अगाडी समुद्र मा केहि भाँडा पानी मिसाए जस्तो मात्र भएको र बेलायत मा बेलायती नै पर्यटक बन्ने परिस्थिति नेपालीहरु बाट सिर्जना नहुने कुरा प्रस्ट पार्नु भयो । नेपालीहरु परिश्रमी अनि लगनशील हुनाको कारण ले समाज लाइ धेरै योगदान दिनसक्ने, अनुशासित हुनाले स्थानीय समाज लाइ कुनै भार नपर्ने कुरा अनि गत साल यस देशका विभिन्न भागमा भएको लुटपाट भएको घट्नाहरुमा नेपालीहरु को सुन्य संग्लग्नता बाट प्रस्ट भएको कुरा औल्याउनु भयो ।
कार्यक्रम को अन्त मा फोक्सटन नेपाली समाज का अध्यक्ष मेजर हर्कराज राई एम.भी.ओ. ले उपस्थित अतिथिद्वय लगायत सम्पूर्ण जनसमुदाय लाइ हार्दिक धन्यवाद प्रदान गर्नुभयो। सम्पूर्ण अतिथिगण लाइ समाज का प्रतिष्ठित व्यक्तिहरु संग स्थानीय फर्स क्लब मा दिवा भोज मा प्रस्थान गर्न अनुरोध गरे पश्चात कार्यक्रम समाप्त भएको थियो । कार्यक्रम फोक्सटन नेपाली समाज का अध्यक्ष मेजर हर्कराज राई एम.भी.ओ. ले संचालन गर्नुभएको थियो।
No Comments
Add Comment