|
Community News: UK Places Temporary Cap on Immigration; Standard English Not Mandatory for Settlement in UK- Top UK Court Decides (News Source: Asianage.com; Kantipuronline.com)
|
|
Rating: 2 user(s) have rated this event
Posted by: santosh,
on 7/19/2010,
in category "Gurkha Youth Forum"
Views: this event has been read 327 times
लन्डन, श्रावण ३ - बेलायत आउन चाहने आप्रबासीहरुलाई 'स्ट्याण्डर्ड' अंग्रेजीको आवश्यकता नपर्ने भएको छ । हालै होम अफिसले आप्रवासीहरुको आवगमनलाई रोक्ने एउटा उपायको रुपमा राम्रो 'स्ट्याण्डर्ड' अंग्रेजी जानेको हुनुपर्ने व्यवस्था गरैको थियो ।
अंग्रेजी भाषा स्कुलहरुले होम अफिसको भिसा कर्डाई विरुद्ध उच्च अदालतमा दायर गरेको मुद्दा जितेका छन् । सो नियम 'अर्थहीन' बताउँदै आएका उनीहरुले यसले आफ्नो व्यवसाय धरासायी भएको भन्दै मुद्दा दायर गरेका थिए ।
होम अफिसले अन्तरराष्ट्रिय विद्यार्थीहरुले युके आउन कम्तीमा जिसिएस्इ तह बराबरको अंग्रेजी जानेको हुनुपर्ने नियम सार्वजनिक गरेको थियो । यो कडाई गैरकानुनी आप्रवासी विरुद्ध लक्षित एउटा भाग ठानिएको थियो । गैरकानुनी आप्रवासीहरुले सीपविहीन काम खोज्ने र यसले अध्यागमन प्रणालीकै दुरुपयोग भइरहेको बेलायत सरकारको बुझाई छ ।
''हामी उच्च अदालतको निर्णयबाट ज्यादै खुशी छौं, यो युकेको अर्थतन्त्रलाई समेत उपयुक्त छ । वास्तवमा अंग्रेजी भाषा क्षेत्रले मात्र वाषिर्क डेढ विलियन पाउण्ड योगदान गरिरहेको छ''- करिब ४ सय ४० भाषा स्कुलहरुको प्रतिनिधित्व गर्ने इङ्लिस् युके समूहका कार्यकारी निर्देशक टोनी मिल्न्स्ले बीबीसीसंग भने ।
समूहले यो कर्डाईलाई 'असमान र अन्यायपूर्ण' भन्दै आएको छ । मिल्न्स्ले युके आउनु अघि अंग्रेजी आवश्यक पर्ने शर्त हाँस्यास्पद भएको बताए । उनको समूहले लेवोर गृहमन्त्री एलन जोन्सन्ले गरेको कडाइ विरुद्ध मुद्दा अघि ल्याएको थियो । उच्च अदालतले होम अफिसले यस विषय विस्तृत छलफलका लागि संसदमा ल्याउनुपर्ने फैसला गरे लगत्तै होम अफिस प्रवक्ताले अदालतको निर्णय पुनर्विचार गरिने बताएका छन् ।
त्यसैगरि, भर्खर गठित बेलायतका निजी विद्यालयहरुको संगठन 'युकेएआइसी' ले पनि युकेबीए विरुद्ध कानुनी लडाईं लड्ने तयारी गरेको
छ । संगठनले भिसा नियममा एक्कासी गरिएको परिवर्तनले युके शिक्षाको प्रतिष्ठानै धुमील भएको निष्कर्ष निकाल्दै विना कारण वा प्रमाण कलेजहरुमाथि भइरहेको निलम्बनविरुद्ध कानुनी लडाईंको तयारी गरेको एक कलेज सञ्चलकले जनाए । अधिकांश कलेजहरु समेत पूर्व लेवोर सरकारले संसदमा विस्तृत छलफल नगरि गत फ्रेबु्रअरीमा सार्वजनिक गरेको नियम विरुद्ध पनि युकेबीएलाई मुद्दा हाल्ने तयारी गरिरहेका बताइएको छ ।
नयाँ नियममा डिग्री लेभल मुनी अध्ययनरत विद्यार्थीलाई दश घण्टामात्र काम गर्न दिइने, उसको डिपेन्डेन्टले काम गर्न नपाउने र लेभल चारमुनी पढ्नै नपाउने उल्लेख छ